२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कोरोनापछिको लकडाउनले विद्यार्थीको सिकाइस्तर खस्कियो

  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज २०, २०७७
    चौताराः शिक्षकहरूले कोरोना भाइरसका कारण विद्यार्थीको सिकाइस्तर खस्किएको गुनासो गरेका छन्। लामो समयको बन्दाबन्दीपछि अहिले आंशिक रूपमा विद्यालय सञ्चालनमा आए पनि शिक्षकले विद्यार्थीको सिकाइस्तर खस्किएको गुनासो गरेका हुन्।

    सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका–७ स्थित पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिकस्तर भने खस्किएको पाइएको बताए।
    ‘कोरोनाका कारण ६ महिनासम्म स्कुल सञ्चालन हुन सकेन। अहिले केही ठाउँका विद्यालय खुलेका छन्। स्कुल खुल्दै जाँदा विद्यार्थी र अभिभावक खुसी देखिएका छन्। तर, विद्यार्थीमा पहिलाको जस्तो सिकाइ छैन। कोरोनाकै कारण विद्यार्थीको पढाइ खस्किएको पाइयो’ उनले भने।

    कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पुरा गर्न नसकेको उनको भनाइ छ। कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठूलो असर पुगेपछि अभिभावकसमेत चिन्तित छन्।

    सोही स्कुलमा अध्ययनरत सुस्मिता भण्डारीकी आमा लक्ष्मी भण्डारीले कोरोनाले गर्दा बालबालिकाको धेरै पढाइ प्रभावित भएको सुनाइन्।

    ‘लामो समयदेखिको बन्दाबन्दीले धेरै विद्यार्थी पढ्न पाएका छैनन्,’उनले भनिन्,‘अहिले विद्यालय खुलेकोमा धेरै खुसी छु। तर, कोरोनाले गर्दा छोराछोरीको पढाइ भने खस्किइसकेको छ। अब सुधार हुँदै जाला भन्ने आशा छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस