२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

दुई हजार २५३ कोरोना संक्रमित थपिए, थप सातकाे मृत्यु

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • असाेज १८, २०७७
    चाैतारा: देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २५३ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । घण्टामा एक हजार ३२९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन १० हजार ३२६ जना र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८१३ पुगेको छ ।

    शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए ।

    कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस