२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पूर्वमन्त्री तामाङ भन्छन् : गाँजाले मुलुकको अर्थतन्त्र बलियो बन्न सघाउँछ

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • असोज १८, २०७७
    चौताराः पछिल्लो समयमा बृहत् बहसको रुपमा स्थापित हुँदै आएको गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बहस स्थानीय तहसम्म आइपुगेको छ।

    नेपालको संघीय संसद र प्रदेश सभामा गाँजासम्बन्धी विधेयकसमेत दर्ता भइसकेको छ। संघीय संसदमा गाँजासम्बन्धी लामो समयदेखि बहस गर्दै आएका मकवानपुर सांसद विरोध खतिवडा र पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको अग्रसरतामा दर्ता भएको हो।

    यस्तै प्रदेश सभामा गाँजा विधेयक बागमती प्रदेशका पूर्व भौतिक मन्त्री केशव स्थापितले दर्ता गरेका हुन्। संघ प्रदेशमा दुवैतर्फ निजी विधेयक दर्ता भएको हो। ​

    शनिबार नेपाल पानी सदुपयोग फाउन्डेसनको आयोजना तथा राक्सिराङ गाउँपालिका र नेपाल कानुन तथा नीति केन्द्र समन्वयमा गाँजासम्बन्धी भर्चुअल छलफल भएको छ। भर्चुअल छलफलमा जनप्रतिनिधिहरुले गाँजा खेतीलाई निश्चित मापदण्ड र सरकारी नियमका आधारमा कानुनी मान्यता दिनुपर्ने बताएका छन्।

    पूर्वकानुनमन्त्री तामाङले गाँजा खेती गरी मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने र बिदेसिन बाध्य युवालाई स्वदेश फर्काउन सकिने बताए। ‘विश्वका धेरै देशमा गाँजामाथिको प्रतिबन्ध हटे पनि तथा हाम्रोजस्तो विपन्न मुलुकले गाँजाखेतीबाट धेरै फाइदा उठाउन सक्छ’तामाङले भने।

    गाँजाबाट हुने विकृतिलाई नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड दिन सके किसानलाई समेत फाइदा पुग्ने तामाङले जिकिर गर्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस