माघको एक चिसो औंर सेक्सी दिन
मधुरो काम लागेको स्कुलको चौरमा
सरले हामीलाई
चमेलीको दुकानको सेल जस्तै
गोलो घेरा बनाएर पढाउदै थिए
लेडी अफ् दि ल्याम्प
उर्फ फ्लोरेन्स म्यामको जीवनी घोक्न लगाएर
सर सुन्तली मिसलाई साईड हान्न
क्यान्टीनतिर जादा भए
क्यान्टीनमा गएर सरले खै के के हाने कुन्नि
गोलो घेरामा गोलबद्ध भएर बसेका
हामी बबुराहरुलाई पत्तो भएन
रन्थनिदै आएर एकएकलाई उठाएर सोधे
तिमिहरु पढेर के बन्छौ ?
मेरो पालो आयो
के उत्तर दिने माफी मालुम
कन्फ्युजनको घनचक्करमा फस्दा फस्दै
मेरो कन्चटबाट
एक क्वार्टर जति पसिना आईसकेको थियो
प्वाक्कै भनिदिए,
‘पाइलट बन्छु सर’
जिउँने कला
प्वाक्क बोल्न र ख्वाक्क खोक्न जस्तो
सजिलो नहुदो रहेछ
तर मलाई यो सत्य बुझ्न
अहिले एक खिल्ली सुर्य चुरोटको
बजार भाउ जति रुपैयाँ छ
त्यति बर्ष लाग्यो ।
अहिले ति मास्टरलाई
शहरको कुनै सस्तो भट्टीमा भेट्दा
म शिर निहुराउने गर्छु
मलाई ग्लानी हुन्छ केट्केटीमा
पाइलट बन्ने फाँडी हानेकोमा
पढेर ह्वईजात उडाउन नसकेकोमा
पुरानो घरको
नयाँ पर्दा हालेको झ्यालबाट सधै मलाई हेरिरहने
घरबेटी छोरी त उडाउन नसक्ने
म बबुरोले के ह्वईजात उडान सक्थे र ?
हो मैले उडान सकिन ह्वईजात
पुर्याउन सकिन परदेशीहरुलाई
घाम पनि अस्ताउन मात्र पुग्ने
सुदुर देशमा
समयले मेरो पाइलट बन्ने सपनालाई
अम्लेट सम्झेर क्वाप्पै खाईदियो
पैसा लाग्दैन भन्दैमा मान्छेले
आफ्नो छाँया भन्दा ठूलो सपना देख्न नहुने रहेछ ।
आजकाल म ह्वईजात उडाउने सपना हापेर
झापातिरबाट कवि उपेन्द्र सुब्बाले
रक्सीको बोतलमा कुरियर गरि पठाएको
ब्रिट्नी इस्पेर्यसेिको तात्तातो मुत पिउदै
र जर्ज बुजको फोक्सो कलेजोको साथ
सुर्य चुरोटको धुँवा उडाउने थालेको छु
आखिर उडाउनु न हो
धुँवा पनि मास्तिरै त उड्छ नि ।
मलाई एकखेप उडाउनु छ
र पुर्याउन छ मेरो सपनाको बोइङ्लाई
यो संसारको प्रत्येक भट्टीमा
प्रत्येक पुस्तकालयमा,बेश्यालयमा
जहाँ पृष्ठभूमीमा तारादेविको सेन्टी गित बजाउदै
रक्सीको गिलास लिएर
हरिभक्त कटुवाल काका
पारिजातसँग ननभेज् कुरा गरिरहेको भेटिउन्
तर उडाउने बेहद मन हुँदाहुदै पनि
मैले यो देशमा
सरकारको एक प्याक खिल्ली बाहेक
अरु केहि भेटिन
प्रतिक्रिया दिनुहोस