२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पहिरोपीडितलाई खाद्यान्न, अभिभावक गुमाएकी बालिकालाई शिक्षाको ग्यारेन्टी !

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असोज १७, २०७७
    चौताराः बाह्रविसे नगरपालिका ७ घुम्थाङको पहिरो पीडितलाई राहत वितरण गरिएको छ। नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलामा राहत वितरण गरिएको हो।

    शुक्रबार लायन्स क्लब अफ काठमाडौ र हेड्स नेपालको सहयोगमा १ सय ९१ पीडित परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र म्याटेस हस्तान्तरण गरिएको छ। साथै, उक्त क्षेत्रमा रहेका ६ जना अपांग व्यक्तिहरुलाई ५ हजारको दरले वितरण गरेका नेता बस्नेतले बताए।

    नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र न.१ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले भिरखर्क पहिरोमा आफ्नो बुबा गुमाएकी अन्जु प्रधानको प्लस टुसम्मको शिक्षाको सम्पुर्ण खर्चको जिम्मेवारी समेत लिएका छन्।

    नेता बस्नेतले घरबार विहिनहरुको घर बनाउन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन्। सरकारले घर बनाउन असमर्थ भएको खण्डमा नेपाली काङ्ग्रेसले घर बनाउन पहल गरिदिने आश्वासन समेत दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस