२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

चीनसँग सीमा विवाद चर्किरहेका बेला भारतको मिसाइल परीक्षण

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज १६, २०७७
    एजेन्सीः पूर्वी लद्धाखमा चीनसँग जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षण गरेको छ । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ)ले बिहीबार स्वदेशी लेजर गाइडेड एन्टी ट्याङक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो ।

    मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन् । भारतीय रक्षामन्त्रालयका अनुसार यो मिसाइल महाराष्ट्रको अहमदनगरबाट परीक्षण (फायर खोलिएको) गरिएको थियो ।

    यसअघि २२ सेप्टेम्बरमा अहमदनगरमा यसको सफलतापूर्वक परीक्षण गरिएको थियो । यो मिसाइलले १।५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ । त्यसैगरी बुधबार पनि भारतले बालेश्रमा जमिनबाट जमिनमा मार हान्ने क्रुज मिसाइल ब्रम्होसको सफलतापूर्वक परीक्षण गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस