२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

लिसंखुपाखरमा ३ कर्मचारीसहित ७ जनामा काेराेना पुष्टि, सेवा बन्द

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असाेज १५, २०७७
    चाैतारा: लिसंखुपाखर गाउँपालिकामा ७ जनामा काेराेना पुष्टि भएकाे छ। गाउँपालिका ३ कर्मचारी सहित ७ जनामा काेराेना पुष्टि भएकाे हाे। कर्मचारीमा काेराेना पुष्टि भएपछि कार्यपालिकाको बैठकले अर्को सुचना नआउदासम्म गाउँपालिकाको सेवा बन्द गरेकाे छ।

    मंगलबार स्वास्थ्य चौकीमा कार्यरत ल्याव टेक्निसियनमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीय २४ जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरी पठाइएको थियो। आज आएको रिपोर्टमा तीन कर्मचारी, एक सवारी चालक, एक जनप्रतिनिधि र दुई स्थानीयमा कोरानो संक्रमण देखिएको छ।

    जिल्लाभर कोरोना संक्रमितको संख्या जिल्लामा १ सय ७८ पुगेको जनस्वास्थ्य अधिकृत चाँपागाईले जानकारी दिए। जिल्लामा कोरोना निको भएर १ सय २० जना घर फर्किएका छन् भने पाँच जनाको संक्रमणका कारण मृत्यु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस