२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

लिदी पहिरोपीडित बालबालिकाले पाए अभिभावक

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज १५, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदी पहिरोबाट अभिभावक गुमाएका बालबालिकाले अभिभावक पाएका छन्। काभ्रेपलाञ्चोक जिल्लाका जनप्रतिनिधि तथा विभिन्न व्यक्तिहरुले बालबालिकको अभिभावकत्व ग्रहण गरेका हुन्।

    सांसद गंगाबहादुर दोङ, पूर्व राज्यमन्त्री सूर्यमान दोङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ बाग्मती प्रदेशका सचिव हरिचन्द्र लामा, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का उपाध्यक्ष विकास लामा रहेका छन्।

    यस्तै, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष फुर्साङ तामाङ, धुलिखेल नगरपालिका–४ का वडाध्यक्ष रविन्द्र कर्माचार्य, समाजसेवी खाइबा लामा, नेकपा जिल्ला सदस्य दिलिप घिसिङ र आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् धुलिखेलका अध्यक्ष शर्मिला थिङ तामाङले ती बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

    पहिरोबाट अभिभावक गुमाका १० बालक हाल बालग्राममा आश्रीत छन् । एक बालबालिकाको एकले अभिभावकत्व ग्रहण गरेका छन्। अभिभावकले कक्षा १० सम्मको शिक्षाका लागि आर्थिक सहयोग गर्ने भएका छन्।

    शैक्षिक अभिभावक पाउनेमा चार वर्षकी भूमिका गौतम, छ वर्षका मेम्बा लामा दोङ, दश वर्षका सुकबहादुर दोङ, सात वर्षका विवेक विक, चार वर्षका टेकबहादुर श्रेष्ठ, दश वर्षका टीकालाल दोङ, १२ वर्षका पेम्बा दोङ, दुर्गा दोङ, पाँच वर्षका आइत दोङ र ११ वर्षका रेखबहादुर दोङ छन् ।

    सबै बालबालिकाको एक वर्षको पढाई खर्चसेमत बालग्रामलाई हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण भएको हो । पहिराले बाबुआमा गुमाएका बालबालिकालाई बालग्राम ल्याई आश्रित गरिएको थियो ।

    गत साउन ३० गते लिदी बस्तीमा आएको पहिरोले ३७ घर बगाउँदा ३७ को शव भेटिएको थियो भने दुई हालसम्म पनि बेपत्ता छन् । अभिभावकविहीन १० बालबालिकालाई गतसाता काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ स्थित एसओएस् बालग्राम ल्याइएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस