असोज १३, २०७७
चौताराः सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जीविका चलाउन सहज बनाइएको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो।
कोरोना नियन्त्रणमा आउने मिति अनुमान गर्न सकिने अवस्था नरहेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए। उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढिरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे।
ुकोरोना महामारी रोकिएको छैन। युरोपेली देशहरुमा दोस्रो वेब समेत सामना गर्नुपरेको छ। नेपालमा संक्रमण बढिरहेको छ। कुन विन्दुमा पुगेर ओरालो लाग्छ। नियन्त्रणमा जान्छ भनेर अनुमान गर्न सकिने अवस्था छैन। जोखिम कम भएर होइनु, उनले भने।
जीवन र जीविकाको बीचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको बताए। यस्तो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन आवश्यक रहेको औँल्याए।
प्रतिक्रिया दिनुहोस