२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

ट्रम्पले १० वर्षदेखि आयकर तिरेनन् !

Thumbnail
  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज १३, २०७७
    एजेन्सीः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो १० वर्षयता आयकर नतिरेको खुलासा भएको छ । न्युयोर्क टाइम्सका अनुसार उनले पछिल्लो १५ वर्षमध्ये १० वर्षयता आयकर नतिरेक हुन् ।

    राष्ट्रपतीय निर्वाचन आउन एक महिना मात्रै बाँकी छँदा रिपब्लिकनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार ट्रम्पबारे आएको यस्तो समाचारलाई अमेरिकामा अर्थपूर्ण रुपमा हेरिएको छ । यही मंगलबार उम्मेदवारहरुबीच प्रेसिडेन्सीयल डिबेट फेस गर्न पनि ट्रम्पलाई मुस्किल पर्नसक्ने आंकलन गरिएको छ ।

    न्युयोर्क टाइम्सका अनुसार २०१६ र २०१७ मा उनले ७ सय ५० अमेरिकी डलर भुक्तान गरेका थिए । अर्बपति समेत रहेका ट्रम्पले आयकरलाई गोप्य राख्दैआएका छन् ।

    न्युयोर्क टाइम्सको समाचारको भने उनले खण्डन गरेका छन् । उनले कर भुक्तान गरिरहेको र लामो समयदेखि यसको अडिट भइरहेको जनाएका छन् । यद्यपि उनले कुनै विवरण दिएका छैनन् ।

    ट्रम्पका वकिलले समेत उनले कर नतिरेको कुरा सत्य नभएको बताए । न्युयोर्क टाइम्सले भने दुई दशकभन्दा बढीको आयकर रिटर्न तथ्य हात पारेपछि यो समाचार बाहिर ल्याएको जनाएको छ । अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ । जहाँ वर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडेन उम्मेदवार छन् । बाइडेनले आफ्नो भोट बैंकको रुपमा आप्रवासी समुदाय र महिलाहरुलाई लक्षित गरेका छन् भने ट्रम्पले अमेरिकी राष्ट्रवादीहरुलाई लक्षित गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस