२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

निमफुञ्जो शेर्पाको आरोप : मोहन बस्नेतले विकासको काम गरेका छैनन्

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज १२, २०७७

    चौताराः बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विकासको केही काम नगरेको आरोप लगाएका छन्। आइतबार बाह्रविसेमा भएको पार्टी प्रवेश कार्याक्रममा बोल्दै प्रमुख शेर्पाले यस्तो आरोप लगाएका हुन्।

    ‘मोहन बस्नेतले आफ्नो घर जाने बाटो बनाए, जनताले सुविधा पाउने विकास केही गरेनन्। जनताको सेवा सुविधाको लागि नेकपाले काम गरेको छ,’ प्रमुख शेर्पाले भने, ‘बस्नेतले आफुले गरेको वास्तविक विकास देखाउन सक्दैनन्। गरेका छैनन्।’

    ‘कांग्रेस व्यक्तिबादमा अल्झिएको छ। नेकपामा कुनै पनि निर्णय हुँदा कमिटीले गर्ने तर कांग्रेसमा ब्यक्ति ब्यक्तिले जे मन लाग्यो त्यही हुने गरेको छ’, उनले भने, ‘नेकपा विधि र विधानमा चल्ने अनुशासित पार्टी हो। कांग्रेस अनुशासनहिन पार्टी बन्दै भएको छ।’

    आइतबार विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा दजनौँ युवाहरू प्रवेश गरेका छन्। नेपाली कांग्रेस, राप्रपालगायत पार्टी परित्याग गरि युवाहरु नेकपा प्रवेश गरे। नेकपामा प्रवेश गरेको युवाहरुलाई बाह्रविसे नगरपालिकाका प्रमुख शेर्पा, युवा नेता सरल सहयात्री पौडेलले स्वागत गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस