खबरज्योति
९ असोज २०७४, एजेन्सी ।
स्थानीय समयअनुसार २३ तारिख चीन र रुसबीचको “समुद्री संघ २०१७ ” सैनिक अभ्यासले समुद्री वास्तविक ड्रिलको दोस्रो दिन प्रवेश गरेको छ।
यी दुबै पक्षले जापानी सागरको पिटर द ग्रेट बेमा लडाकु जहाज टोली हवाई सुरक्षा (पनडुब्बी प्रतिरोध) जहाज प्रतिरोध गरी चार विषयमा संयुक्त अभ्यास गरेका छन्।
हिजोको अभ्यास सम्पन्न भएपछि चिनियाँ नौ सेनाको क्षेप्यास्त्र विनाशक युद्धपोत श च्या च्वाङ्ग जहाजका कप्तान ली च क्वोले जानकारी दिनुभएअनुसार यो अभ्यासबाट आधारभूत रुपमा अपेक्षित उद्देश्य पूरा भएको छ । जसबाट जटिल र अपरिचित समुद्री वातावरणमा सेनाको अनुकूलन क्षमता प्रतिक्रिया क्षमता र लडाकु क्षमतालाई उकास्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस