२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कांग्रेसले १४ औँ जिल्ला अधिवेशनबारे छलफल थाल्यो, नयाँको व्यवस्थापन खोज्दै

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • असोज ११, २०७७
    चौताराः नेपाली कांग्रेस सिन्धुपाल्चोकले नवप्रवेशीहरुलाई व्यवस्थापनको बाटो खोज्न थालेको छ। शनिबार बसेको कार्यसम्पादन बैठकमा नवप्रवेशीहरुलाई व्यवस्थापन गर्नेबारेमा छलफल चलाएको हो।

    सिन्धु कांग्रेसको बैठकमा आगामी १४ औँ जिल्ला अधिवेशन, पार्टीमा प्रवेश गरेका नवप्रवेशिहरुको व्यवस्थापन, क्रियाशिल सदस्याता वितरण, जिल्लामा भइरहेको प्राकृत्तिक विपत्तीलगायतको बिषयमा छलफल भएको सभापति विकास लामाले जनाए।

    बैठकमा उपसभापति शिव सुनार, सचीव बिलबहादुर तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङ, प्रदेश सांसद निमा लामा, महाधिवेशन प्रतिनिधि बंशलाल तामाङलगायतका नेताहरु सभागि थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस