२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

६९ हजार ३०१ मा कोरोना संक्रमण, ५० हजार ४११ डिस्चार्ज

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज ८, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।

    यससँगै देशभर हालसम्मको कुल संक्रमित संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएको उनले बताए। बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएर घर गएका छन्।

    यस्तै ६ हजार ५६५ जना क्वारेन्टिनहरुमा रहेका छन् ।पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएपछि मृतकको कुल संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।

    आजको विस्तृत विवरण

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस