२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बाढीपहिरो पीडितलाई युवा संघको सहयोग

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज ६, २०७७
    चौताराः राष्ट्रिय युवा संघ, सिन्धुपाल्चोक संघीय क्षेत्र नम्बर १ कमिटीले बाह्रविसे नगरपालिका जम्बु र नागपुजेका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ। संगठनका संयोजक सुमित काफ्लेको नेतृत्वमा बुधबार बाढी प्रभावित क्षेत्रमा पुगेर राहत हस्तान्तरण गरेको हो।

    बाढी–पहिरोका कारण घरबारबिहिन भएका बाह्रबिसे ५, ७ र ८ का ५८ घरलाइ संघले न्यानो सिरक वडाध्यक्ष मिनबहादुर श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरेको हो। साथै, महिलाहरुको लागि स्यनिटरी प्याड र स्थानीय बिध्यालयलाइ माक्स समेत हस्तान्तरण गरेको छ।

    राहत संकलनमा टेको फाउन्डेसन, लायन्स क्ल्बले सहयोग गरेको संयोजक काफ्लेले बताए। ‘पहिरो पीडितलाई खाद्यन्य लगायतको सामाग्री अन्य दातृ निकायबाट पनि उपलब्ध भइसकेको छ। अहिले मौसम परिवर्तनसँगै चिसोयाम बढ्दै छ। त्यसैले हामीले न्यानो सिरक वितरण गरेका हौँ’ उनले भने।

    राहत महशुस

    दुःखको बेलामा युवा संघले न्यानो सिरक वितरण गरेपछि केही भएपनि राहत मिलेको पहिरोपीडित कालुमान थामी बताउँछन्। ‘पहिरोले घरबार बगाएर बसेका हामीलाई न्यानो सिरकले केही सहयोग मिलेको छ’ उनले भने, ‘खाद्यन्य सामाग्रीहरु अरुबाट पनि पाइएको छ। तर, चिसो बढेसँगै सिरकको कमी भएको थियो। त्यो पनि केही सहयोग मिलेको छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस