२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

हेलम्बु बोल्देको बस्ती स्थानान्तरण गर्न प्रदेश सरकारले अध्ययन थाल्ने

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज ७, २०७७
    चौताराः सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ५ बोल्देको बस्ती स्थानान्तरणका लागि प्रदेश सरकारले अध्ययन थाल्ने भएको छ। प्रदेश सांसद निमा लामाले विस्थापित बस्ती स्थानान्तरणका लागि प्रदेश सरकारले अध्ययन थाल्ने बताएका हुन्।

    विस्थापितलाई राहात सामाग्री हस्तान्तरण गर्न आइपुगेका सांसद लामाले प्रदेश सरकारले बस्तीलाई उचित स्थानमा स्थानान्तरण गर्नेबारेमा तत्काल अध्ययन सुरु गर्ने बताएका छन्।

    प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिले हेलम्बु, पाँचपोखरी र मेलम्ची नगरपालिकाका लागि बजेट समेत छुट्टाएको बताए। ‘यहाँको विस्थापितका लागि भनेर प्रदेश सरकारबाट १५/१५ लाग रकम विनियोजन समेत भइसकेको छ। बस्ती स्थानान्तरणका लागि केही दिनमै उद्योग, पर्यटन, वन, वातावरण समितिका अध्यक्ष रमा आलेसहितको टोली सिन्धुपाल्चोकको पहिरोबाट प्रभावित क्षेत्रमा अध्ययनका लागि आइपुग्छ’ उनले भने।

    यस्तै, उनले पहिरो पहिरोबाट विस्थापित भएका ६० परिवारलाई खाद्यान्न वितरण गरेका छन्। पीडितलाई प्रति परिवार दुई बोरा चामल, दुइवटा कम्वल, नुन, तेल साबुन, माक्स, स्यानीटेरी प्याड वितरण गरिएका छन्। चाइल्ड इज नेपाल र समाजसेवी रेञ्जेन लामा र छिरिङ लामाले खाद्यान्नलगायत सामग्री उपलब्ध गराएका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस