२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पूर्वमन्त्री बस्नेतको पहलमा पहिरोपीडितलाई आर्थिक सहयोग

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज ७, २०७७
    चौताराः नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा बाह्रविसे नगरपालिका ७ घुम्थाङका पहिरोपीडितलाई आर्थिक सहयोग भएको छ। नेता बस्नेतको पहलमा नागपुजे, भीरर्खक, कामीगाँउका पहिरोपीडितहरुलाई यम्बु ठमिछो किंगदुंग नामक संस्थाले नगद सहयोग गरेको हो।

    संस्थाका पदाधिकारीले नेता बस्नेतको उपस्थितीमा पहिरोपीडितलाई भेटेर आर्थिक सहयोग हस्तान्तरण गरेको हुन्।

    पहिरोमा परिवारका सदस्य गुमाएका परिवारलाई प्रति मृतक बराबर १० हजार, घर क्षति भएकालाई प्रति घर ५ हजार र आंशिक क्षति, जग्गा जीमन गुमाएका र घाइते भएका परिवारलाई ३ हजारका दरले सहयोग गरेको छ।

    सहयोगीहरुले पहिरो पीडितलाई ३ लाख ११ हजार रुपियाँ नगद सहयोग गरेको नेता बस्नेतले बताए। उनका अनुसार पहिरोपीडितलाई सहयोगी हातबाट प्राप्त भएको नगद, खाद्यन्न, त्रिपाल, अन्य घरायसी सामान समेत सहयोग गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस