२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज ६, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लालाई सरकारले विपद्ग्रस्त क्षेत्रको रुपमा घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक जिल्लालाई विपद्ग्रस्त क्षेत्रको रुपमा घोषणा गर्ने निर्णय गरेको हो।

    सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर क्षतिको आधारमा पुनर्निमाण र बस्ती स्थानान्तरणको काम अघि बढाइने निर्णय गरेको मन्त्री पार्वत गुरुङले जानकारी दिए।

    सिन्धुपाल्चोक जिल्लामा असारयता पहिरोबाट ७० जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै वेपत्ता छन्। बाढी र पहिरोका कारण १ सय ६ घर पूर्णरुपमा क्षति भएका छन्।

    सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका, भोटेकोशी, जुगल गाउँपालिका पहिरोको उच्च जोखिममा परेका छन्। असारयता मात्रै सिन्धुपाल्चोकमा चार ठुलो पहिरो गइसकेको छ। सिन्धुपाल्चोकका ११ हजार भन्दा धेरै घर पहिरोको जोखिममा रहेको तथ्यांक छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस