असोज ६, २०७७
चौताराः सामाजिक सेवा क्षेत्रलाई राष्ट्रले गौरव गर्न सक्ने क्षेत्रको रुपमा विकास गर्नुपर्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्। ४१ औं सामाजिक सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
‘कोभिड १९ महाब्याधिका कारण नेपाल र विश्व समुदायले ७५ बर्ष यताकै ठूलो संकट ब्यहोरिरहेको छ। विषम परिस्थितिमा पनि सामाजिक सेवामा खट्नु अझ चुनौतीपूर्ण छ’, उनले भनेका छन्, ‘सामाजिक सेवाको क्षेत्रलाई राष्ट्रले गौरव गर्न सक्ने क्षेत्रको रुपमा विकास गरी समाजमा समान पहुँच पहिचान र प्रतिनिधित्वको सुनिश्चितता गर्ने जिम्मेवारी हामी सबैको हो।’
‘समाजको हित र विकासका लागि सरकार, निजी क्षेत्र र गैरसरकारी संघ, संस्था मात्र होइन आम नागरिक समाजको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ’, उनले भनेका छन्, ‘सदियौंदेखि समाजसेवामा आम्दानीको दशमाम्श छुट्यानुपर्छ भन्ने हाम्रो परम्परा कमजोर बन्दै गएको छ। त्यसलाई पुनः अगाडि बढाउनु आजको आवश्यकता बनेर आएको छ।’
समाज कल्याण परिषद्को नेतृत्वमा मनाइने ४१ औं सामाजिक सेवा दिवसले सबैलाई सामाजिक सेवाभावका लागि प्रेरणा मिल्ने विश्वासको अपेक्षा समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस