२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

मन्त्रिपरिषद् पुनर्गठन : यी हुन् सम्भावित मन्त्रीहरु

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज ६, २०७७
    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु हेरफेर गर्ने भएको छ। आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो।

    आइतबारको निर्णयअनुसार सोमबार प्रधानमन्त्री ओेली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मन्त्रीपरिषद् पुनर्गठनका लागि थप गृहकार्यमा ओली दाहाल जुटेको छ। आज सचिवालय बैठक डाकिएको छ। आइतबारको सचिवालय बैठकमा कसलाई सरकारमा लाने र कसलाई हटाउने निर्णय नगरेको भएपनि आजको बैठक व्यक्तिमा प्रवेश गर्ने स्रोतको दाबी छ।

    नयाँ मन्त्रीमा ओली दाहालले निर्माण गरेको विवाद समाधान कार्यदल संयोजक विष्णु पौडेल तथा सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मासहितका नेताहरु मन्त्रीका बलिया दाबेदार हुन्।

    यी बाहेक उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको पनि चर्चा छ। निश्चित मापदण्डको आधारमा मन्त्रीपरिषद् हेरफेर गर्नुपर्ने स्थायी कमिटीको निर्णय छ। यसअघि शिर्ष नेताहरुको भागबण्डाकै आधारमा मन्त्रिपरिषद्का सदस्य हेरफेर हुँदै आएको थियो।

    आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम र विविध गरेर चार एजेण्डामा छलफल भएको थियो। मन्त्रिपरिषद् हेरफेरको बिषयमा प्रमुख एजेण्डा बनेको छ।

    भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पनि सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने निर्णय गरेको थियो। कार्यक्षमता कमजोर भएको मन्त्रीहरु हटाएर नयाँ अनुहार ल्याउनुपर्नेमा नेताहरुको एकमत छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस