असोज ५, २०७७
चाैतारा: नेकपाका केन्द्रीय सदस्य तथा पुर्व कानून मन्त्री , सांसद शेरबहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको पाईप हस्तान्तरण गरेका छन्।
नेता तामाङले मंगलबार करिब १ करोड २० लाख बराबरको खानेपानीको पाईप आफ्नाे गृह जिल्लाका नागरिकहरु लाई हस्तान्तरण गरेका हुन्। सिन्धुपाल्चोक क्षेत्र नं. २ मा रहेका ४९ वटा योजनाहरु मध्ये पुर्व मन्त्री तामाङले २६ वटा खानेपानी योजनाहरुको लागि पाईप हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुसंग अन्तरकृया गर्दै उनले राज्यद्वारा प्रदान गरिएका सेवा सुविधाहरुको उच्च सदुपयोग गर्न सुझाएका छन्। मेलम्चीको पानी काठमाडौं जानु भन्दा पहिलेनै सिन्धुपाल्चोकलाइ खानेपानी समस्या मुक्त जिल्ला घोषणा गर्नुपर्नेमा सबै सराेकारवालाकाे ध्यान जानुपर्ने तामाङको धारणा थियाे ।
सिन्धुपाल्चोक जिल्लालाई सन २०२२ सम्ममा गुणस्तरीय खानेपानी युक्त जिल्ला बनाउन आफ्नाे बिशेष कार्ययाेजना रहेकाेले याे अभियानमा सहयाेग गर्न नेता तामाङले आव्हान समेत गरेकाछन् । यस आर्थिक बर्षमा करिब ८० वटा आयोजनाहरुमा खानेपानी मन्त्रालयबाट रकम बिनियोजन गरिएको र आवस्यकता पहिचान गर्दै बाकी याेजनाहरु थप गर्दै जाने उनले बताए ।
प्रतिक्रिया दिनुहोस