असोज ४, २०७७
चौताराः सिन्धुपाल्चोक चौताराबाट संघीय राजधानी काठमाडौँको छोटो दुरीको सडक स्तरोन्नतीको कार्य सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरद र प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालबाट संयुक्त रुपमा सडक विस्तारको कामको शुभारम्भ गरेका हुन्।
सामाजिक विकास मन्त्री दुलाल आफैले डोजर चलाएर सडक विस्तारको काम सुरु गरेका छन् भने, भौतिक पूर्वाधार मन्त्री फुयालले सावेलले खनेर सडकको काम थाले।
चौतारा बसपार्क सिपाघाट कात्तिके काठमाडौँ सडकखण्डको झ्याडी देउराली सडक खण्डको स्तरोन्नतीको कार्य सुरु भएको हो। जसमध्ये देउराली सिपाघाट ४ किमि सडक निर्माण भइसकेको छ।
शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दुलालले तीन तहको सरकारबीच समन्वय नहुदा बिकासपछि पर्ने गरेको औल्याए।
‘तीन तहको सरकारबीच समन्वय अभावको कारणले विकास निर्माणको काम पछि परेको छ। तीनै सरकारको समन्वयमा योजनालाइ गरेर अघि बढ्ने तयारी भइरहेको छ’ उनले भने, ‘आफूले मन्त्रालयको जिम्मेवारीमा रहेसम्म कुनै अरु काम गर्दिन। जनताको पक्षमा काम गर्छु।’
सिन्धुपाल्चोक जिल्लामा नेकपा नेताहरुको बालुवा तस्करीमा संलग्न रहेको कुरा बाहिरीरहेको बेलामा उनले आफ्नो कुनै संलग्नता नरहेको समेत प्रष्टाए। ‘बालुवा तस्करीको काममा मेरो कुनै संलग्नता छैन। अन्य जनप्रतिनिधिहरुले पनि त्यसतर्फ सचेत हुनुपर्छ’ उनले भने।
प्रहरीले बालुवा तस्करीमा संलग्नलाई कार्वाहि गर्दा कसैलाइ विभेद गर्नु नहुने तर्फ इंगित गर्दै प्रहरीले तेस्ताे गरेकाे पाइएमा प्रहरीको फुलि सुरक्षित नरहने अवस्था रहेको जनाए। विकास निर्माणलाई गुणस्तर बनाउनुपर्ने धारण राख्दै गुणस्तरीय काम नभको पाइएमा पुनः गर्न लगाउने दाबी समेत गरे।
यस्तै भौतिक पुर्वाधारमन्त्री फुयालले पनि आवश्कताको आधारमा विकास निर्माणलाई निरन्तरता दिने बताए। अहिले बिशम परिस्थितीमा छौँ। हामी जनताको आवश्यकता र चाहाना अनुसार मात्रै विकास निर्माणको कामलाई तिव्रता दिन्छौँ उनले भने।
प्रतिक्रिया दिनुहोस