असोज १, २०७७
चौताराः सिन्धुुपाल्चोक जिल्लामा ९७ जनाले कोरोना भाइरस जितेर डिस्चार्ज भएका छन्। १ सय ३४ जनामध्ये ९७ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कोरोनाबाट सिन्धुपाल्चोकमा हालसम्म ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन्। संक्रमितमध्ये ३२ जनाको उपचार जारी रहेको उनले बताइन्। जसमध्ये २८ जना काठमाडौँमा रहेको जनाइन्।
सिन्धुपाल्चोक जिल्लाको आइसोलेसनमा हाल ४ जना मात्रै रहेका छन्। यस्तै क्वारेन्टाइनमा ११ महिला र ३० पुरुष गरी ४१ जना रहेका छन्। हालसम्म सिन्धुपाल्चोकमा ३ हजार ५ सय ५९ जनाको स्वाव परिक्षण गरिएको छ।
जिल्लामा ५६ आइसोलेसन बेड र ७ सय ८९ क्वारेन्टाइन बेड रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए। कोरोनाबाट नेपालमा पहिरो मृत्यु सिन्धुपाल्चोक जिल्लामै भएको थियो।
प्रतिक्रिया दिनुहोस