२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

छैन रौनक सीमाबासीमा

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ७ साल अघि
  • चाडपर्वमा घर छाड्दै तातोपानीबासी

    खबरज्योति
    ९ असोज २०७४, सिन्धुपाल्चोक ।

    चाडपर्वहरु नजिकिँदै छ । तर नेपाल चीन सीमा क्षेत्रका स्थानीयहरुमा कुनै रौनक आएको छैन । सीमाक्षेत्रका स्थानीयहरु चाडपर्व आएपनि आफ्नो जीवन कसरी गुजार्ने भन्ने चिन्तामा छन् ।

    चाडपर्वको बेला सधैं भीड हुने सीमावर्ती लिपिङ बजार अहिले सुनसान छ । नाका खुला हुँदा व्यापार व्यवसाय गर्ने लिपिङका महिलाहरु अहिले गिटी कुटेर बसेको भेटिन्छन् । कोदारीबाट लिपिङ पुग्ने सडक छैन । भूकम्पले भत्काएका संरचनालाई ०७३ मा भोटेकोशीमा आएको बाढीले थप भग्नावशेषमा परिणत गरेको छ । यस क्षेत्रका बासिन्दाको जिविकोपार्जनको आधार मात्रै खोसिएको छैन, टाउको लुकाउने ओत पनि माटोमा परिणत भएको छ ।

    तीन वर्ष अघि साउन १७ मा गएको जुरे पहिरो, ०७२ मा विनाशकारी भूकम्प, ०७३ मा भोटेकोशीको बाढी र ०७४ मा लार्चाको पुल भत्किनुले यस क्षेत्रमा एकपछि अर्को गरेर बिपत्ति थपिदै गएको छ । विपत्तिमा परेका त्यस क्षेत्रका जनताको सुरक्षामा न चीन सरकारले चासो दिएको छ न त नेपाल सरकारले नै तदारुकताका साथ आफनो गति अगाडि बढाएको छ । लार्चामा चिनिया सहयोगमा बन्दरगाह निर्माण भइरहेको छ तर त्यहि लार्चामा पहिरोले पुल भत्कापछि चीनको सीमावर्ती क्षेत्रका जनताको जीवन कस्टकर बनेको छ ।

    लार्चामा बेलिब्रिज बनाउने योजना अनुसार सामान पु¥याईएको भएपनि निर्माणको गति एकदमै शून्य छ । यो क्षेत्रका निम्न वर्गकाहरु जोखिमपूर्ण अवस्थामा सीमा क्षेत्रमै बसिरहेका छन् तर सम्पन्न व्यक्तिहरु काठमाडौ वा शहरी क्षेत्रमा बिस्थापित भएका छन् ।

    नेपाल र चीनको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको कोदारी राजमार्ग ०७२ को भूकम्पपछि ठप्प प्रय छ । तातोपानी राजमार्ग पुनः सञ्चालन गर्न नेपालले मात्रै चाहेर सम्भव छैन । नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वले तातोपानी राजमार्ग सञ्चालनमा ल्याउन चिनिया राष्ट्रपति सी जिनपिङलाई समेत पटक पटक ध्यानाकर्षण गराएको छ । चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउँदा होस वा नेपाली प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदा तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने विषय एउटा एजेण्डा बन्ने गरेको छ । तर तातोपानी नाका तत्कालै सञ्चालनमा आउन सक्ने सम्भावना देखिदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस