असोज १, २०७७
चौताराः जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्नो संगठनलाइ नागरिक मुखि बनाउन सुझाव संकलन कार्य सुरु गरेको छ । वागमती प्रदेश प्रहरी कार्यालयको योजना अनुरुप सिन्धुपाल्चोकले प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सुझाव पेटिका स्थापना गरेको हो ।
पेटिका उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले सुझाव संकलन कार्यक्रमले प्रहरी संगठनमा सुशासन स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्ने उल्लेख बताए।
हरेक नागरिकले आफू बिना बर्दिको सिपाहीको रुपमा प्रहरी संगठनलाई सहयोग गर्नुपर्ने बताए। पहिलो चरणमा जिल्लाका तीन नगरपालिकाको कार्यालयमा सुझाव पेटिका स्थापना गरिएको हो ।
नागरिकले प्रहरी संगठनबारे कुनै गुनासो भएमा पेटिका मार्फत गुनासो राख्न पाउनेछन् । पहिलो चरणमा तीन नगरपालिकामा मात्र स्थापना गरेपनि क्रमशः बाँकी स्थानीय तह र सबै वडाहरुमा समेत सुझाव पेटिका राखिने जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले बताए ।
‘प्राप्त सुझावलाई सम्बन्धि गरेर प्रदेश प्रहरी कार्यालयमा पठाइने छ। नागरिकले दिएको सुझावकै आधारमा संगठन आचरण सुधारको योजना बनाइन्छ’ प्रहरी प्रमुख अधिकारीले भने। सुझावले प्रहरी संगठनलाई कार्यसम्पादनमा सहयोग पुग्ने अपेक्षा गरेको प्रष्टाए।
प्रतिक्रिया दिनुहोस