२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडकाे भूकम्प

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ ३१, २०७७

    चाैतारा : नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हाे।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडकाे भूकम्पको धक्का महसुस भएको हाे।

    याे भूकम्पको धक्का खाेटाङ, भाेजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ। काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस