२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बिहीबारदेखि लामो दूरीकाे यातायात खुल्ने, यस्ता छन् मापदण्ड

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदाै ३०, २०७७
    काठमाडौ: असोज १ गतेदेखि लामो दूरीका यातायातका साधन सरकारले खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    सरकारले शर्तसहित लामो दूरीको यातायात खुलाउने निर्णय गरेको उनले बताए । उनका अनुसार सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै यात्रु राख्ने पाइने, भौतिक दूरी कायम हुने गरी एक पंक्तिको एउटा सिटमा एक जनामात्र राख्न पाइने, सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने, यात्रु चढ्ने बेलामा बसको ढोकामा र भित्र सेनिटाइजर गर्नपर्ने चालक र सहचालकले मास्क पञ्चा र भाइजर सवारी साधनलाई दैनिक रूपमा डिस्इन्फेक्सन गर्नुपर्ने, र तोकिएको भाडा दरमा ५० प्रतिशत वृद्धि गर्न पाउने निर्णय सरकारले गरेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस सम्बन्धमा थप मापदण्ड बनाउने उनले बताए । ती मापदण्डको अनिवार्य रूपमा पालना गरेर यातायातका साधन संचालन गर्न सकिने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस