भदौ ३०, २०७७
चौताराः बागमति प्रदेश सरकारले बाढी पहिरोले क्षति पुर्याएको स्थानीय तहलाई सहयोग गर्ने भएको छ। प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको बैठकले बाढी पहिरोले क्षति पुरयाएको स्थानिय तहलाई तत्काल सहयोग गर्ने निर्णय गरेको छ।
बाढी पहिराले क्षति पुर्याएको बाह्रबीसे नगरपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई क्रमशः ३० लाख र १५ र १५ लाख उपलव्ध गराउने निर्णय भएको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बताए।
सिन्धुपाल्चोक जिल्लामा पछिल्ला तीन महिनामा ठुला बाढी पहिरोमा परि ७३ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४२ जना बेपत्ता रहेका छन्। पहिरोमा परी जिल्लाभर १ सय ३० घर पुर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पुर्ण रुपमा नै क्षति भएका हुन् । यस्तै बाढी पहिरोले सयौँ परिवार विस्थापित बाढी र पहिरोमा परी बिस्थापित भएका छन् ।
पहिरोले सबैभन्दा बढी बाह्रबीसे नगरपालिकाको १४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने बताए। यस्तै क्रमस भोटेकोशीमा ८७५ जुगल गाँउपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३ पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६ हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८,सुनकोशी गाँउपालिकामा ८४ लिसंखुपाखर गाँउपालिकामा ४८, बलेफि गाँउपालिकामा ७४ र त्रिपुरासुन्दरी गाँउपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने बताए।
जिल्लामा हालसम्म पहिरोका कारण मुतक परिवारहरुलाई एकमुष्ट १० लाख, पहिरोले आवास बिहिन बनाएका परिवारहरुलाई जम्मा ११ लाख ८५ हजार र पहिरो पीडितलाई १० लाख ९ हजार राहत वितरण गरेको छ।
प्रतिक्रिया दिनुहोस