२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

असोज ५ बाट लामो दूरीका गाडी सञ्चालनमा आउने

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ ३०, २०७७
    काठमाडौंः सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो।

    कानुन मन्त्री डा. शिवमाया तुम्वाहाङ्फे अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रस्तावमा आन्तरिक आकाश मार्ग र लामो दूरीको स्थल मार्ग एकै दिन खोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ बाटै खोलिदिँदा पनि हुने बताएका थिए। तर यातायात मन्त्र नेम्वाङले लामो समयदेखि थन्किएका गाडी मर्मत सम्हारका लागि व्यवसायीहरुले समय मागेको भन्दै ५ गतेदेखि खोल्दा उचित हुने प्रस्ताव गरेका थिए।

    चैत ११ देखिको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आफूहरु थला परिसकेको जनाउँदै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए।

    यस्तोमा यातायात मन्त्रीसहित सरकारी अधिकारीसँग पनि भएको सम्वादपछि सहमतिको वातावरण बनेको थियो। त्यसक्रममा सरकार यातायात खोल्न तयार भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस