भदौ २८, २०७७
चौताराः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा स्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। पहिरो गएको घटना पाएलगत्तै सापकोट त्यहाँ पुगेका हुन्।
गएको पहिरोमा परेर १० जनाको मृत्यु भएको छ। धुम्थाङको नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा, हिरामाया नेवार र ज्ञानीमाया प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकास सापकोटाले बताए।
भने एक जनाको सनाखत हुन बाँकी रहेको उनले बताए। पहिरोमा परेर अझै २१ जना बेपत्ता भइरहेका छन्। पहिरोमा परेर ३ जना घाइते भएको छन्।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको छ।
फोटोः श्रीधर न्यौपाने
प्रतिक्रिया दिनुहोस