२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

प्रगतिले सिन्धुपाल्चोकमा पहिलोपटक अनलाइन परीक्षा गर्दै

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ २७, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लाकै सञ्चालन भइरहेको प्रगति अङग्रेजी माध्यामिक बिद्यालय मेलम्चीले पहिलोपटक अनलाइन माध्यमबाट परिक्षा लिने भएको छ। कोरोना महामारीको बीचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापुर्वक परिक्षाको तयारी गरेको हो।

    विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको यस विद्यालयले बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको विद्यालयहरु बन्द रहेको अबस्थामा पनि निरन्तर अनलाइन कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक ऋषिराम नेपालले बताए।

    कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएको बिद्यालयले यहि भाद्र ३० गते देखी सञ्चालन गर्ने गरी जिल्लामै पहिलोपटक बिद्यालय तहको अनलाइन परीक्षाको तयारी समेत गरेको उनले बताए।

    ‘जेठ १ महिना आधुनिक प्रविधि र अनलाइन कक्षा सम्बन्धि शिक्षक तालिम संचालन गरेका थियौँ। असार पहिलो हप्ता अभिभावक भेला गरी भेलाकै निर्णय अनुसार कक्षा सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘तर, केही समय अघि सम्म अनलाईन कक्षा लाई सरकारले आधिकारीक मान्यता नदिदां के गर्ने भन्ने अन्यौलता भयो। अब त्यो समस्या पनि हटिसकेको छ।’

    विद्यालयले माइक्रोसफ्ट कंम्पनीको लाइसेन्स लिएर माइक्रोसफ्ट टिम मार्फत कक्षा सञ्चालन गरीरहेको छ । टिममा कक्षा लिँदा कक्षा चलिरहेको बेला बिद्युत, इन्टरनेट वा अन्य कारणले कक्षामा सहभागि हुन असमर्थ भएपनी सो कक्षा आफ्नो च्यानलमै स्वतः रेकर्ड भएर बस्ने हुदाँ आफ्नो अनुकुलमा हेर्न सकिने समेत सकिने उनले बताए।

    गृहकार्य, कक्षाकार्य लिने दिने गर्न पनी मिल्ने भएकोले आफुलाई निकै सहज भएको कक्षा १० की छात्रा सुहाना खड्काले बताइन्। ‘अनलाइन कक्षामा सम्बन्धित बिषयको अडियो र भिडियो रिर्पोटहरु समेत हेर्न पाइने हुनाले पाठ बुझ्न अझै सजिलो भएको छ’, उनले भनिन्।

    कोराना महामारी र यसको प्रभावले देशभरका सुबिधा सम्पन्न देखि दुर्गम क्षेत्रका शैक्षिक संस्थाहरु ठप्प रहेको अवस्थामा अभिभावकले दिएको साथ सहयोग र शिक्षक साथीहरूको अथक मेहनतका कारण सफतापुर्वक अनलाइन प्रबिधि बाट कक्षा सञ्चालन गर्न सकिएको बिद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिए।

    कक्षा नर्सरीदेखी कक्षा पाँच सम्मका बिद्यार्थीहरुका लागि बिद्यालयले आफ्नो सेवा क्षेत्रका बिभिन्न बीस वटा समुदायमा सिकाई केन्द्र मार्फत कक्षा सञ्चालन गरेको छ। विगत १ महिना देखि प्रशासनको अनुरोधमा स्थगित गरिएका ती केन्द्रहरु स्थानीय तहसँग अनुमति लिई पुनः सञ्चालनमा ल्याउने तयारी समेत भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस