भदौ २६, २०७७
चौताराः गायक याेगेश लामा र गाइका सृजना तामाङकाे संयुक्त प्रयासमा ‘कस्ताे बज्रपात मेराे सिन्धु आमालाई` बाेलकाे गित सार्वजनिक भएकाे छ ।
याेगेश लामाकाे शब्द/संगित रहेकाे उक्त एल्वममा ०७१ सालमा जुरेमा गएकाे विनाशकारी पहिराे देखि सृङ्खलाबद्ध रुपमा जिल्लाले भाेग्न परेकाे प्राकृतिक विपत्तिलाई समेटिएकाे छ । साे गितकाे मिक्सिङ /रेकडिङ मित्र लामाले गरेका हुन् ।
जुरे पहिराे देखि पछिल्लाे समय सिन्धुपाल्चोकले भाेग्नुपरेकाे जम्बु पहिराे, मेलम्ची पहिराे र लिदि पहिराेबाट सिन्धुबासीले भाेग्नुपरेकाे बेदनालाई गितमा समेटिएकाे छ । गायक लामा लामाे समयदेखि गितसंगितकाे क्षेत्रमा जमेकाे श्रष्ठा हुन् भने यस गितकाे गाइका सृजना तामाङ जुगल गाउँपालिका उपाध्यक्ष हुन् । उनी गाएन क्षेत्रमा पनि रुचि राख्दै आएकी छिन् । हाल सम्म उनिले आफ्ना दुई एल्वम् बजारमा ल्याइसकेकी छिन् ।
प्रतिक्रिया दिनुहोस