भदौ २५, २०७७
चौताराः त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटीका पहिरोबाट विस्थापित भएकाहरुलाई राहत सामाग्री वितरण गरिएको छ। स्थानीय युवा तथा समाजसेवीबाट चन्दा उठाएर पहिरो विस्थापितहरुलाइए राहत वितरण गरिएको हो।
बस्ती नजिकै गएको पहिरोले घर जोखिममा परेपछि सेलेटोलका ११ परिवारलाई स्थानानन्तरणसहित राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए।
साई श्री नेसनल ट्राभल्सका एम.डि.मुनाल बस्नेत, कल्याणकारी स्वयंसेवक संघ नेपाल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुकदेव रिसाल, सदस्यहरु राजन राउत, सूर्य गुरुङ, सरोज गुरुङ, लगायत गाउँको युवाहरुको सक्रियतामा विस्थापितलाई सहयोग गरिएको हो।
राहत सामाग्री बुझ्दै गाउँपालिका अध्यक्षले श्रेष्ठले बाढी पहिरोको जोखिकपूर्ण स्थानमा नबस्न आग्रह समेत गरेका छन्।
क्वारेन्टाइनलाई सहयोग
यस्तै, त्रिपुरासुन्दरी गाउँपालिका र एकिकृत ग्रामिण विकास संघ हातमालो (ईसाड)को सयुक्त सहयोगमा ४ पिस्करमा रहेको १२ वेड क्षमता भएको मंगलामाई क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न अति आवश्यक सामाग्री वितरण गरिएको छ। वेड विस्तारा, पानी तताउने हिटर, मनोरञ्जनको सामग्रीहरु वितरण गरिएको पालिका अध्यक्ष श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस