२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • भदौ २५, २०७७
    चौताराः नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० हजार नाघेको हो।

    आज थपिएको सहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

    त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।

    पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस