२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

लकडाउनको ‘मोडालिटी’ परिवर्तन, दिनमा ५ घण्टा पसल खोल्न पाउने

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ २३, २०७७
    चौताराः सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो ।

    मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो।

    नयाँ नियमानुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।

    पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया अनिवार्य पुरा गर्नुपर्ने उनले बताए। त्यसको अनुगमन सिन्धुपाल्चोक उद्योग वाणीज्य महासंघले गर्ने निर्णय समेत भएको छ। सवारी साधन सञ्चालन गर्ने, अन्तरजिल्ला हिहडुल गर्ने लगायतका यसअघिका निर्णयलाई कार्यान्वयन गर्ने उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस