२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

चीनको दाबी : भारतीय सैनिकले एलएसीमा गोली चलाए

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ २३, २०७७
    एजेन्सीः सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एकपटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ ।

    चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा थिए । यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन  चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै स्थितीलाई स्थिर राख्नका लागि चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएको छ ।

    भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जानकारी दिएको छ ।

    चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयान जारी गर्दै भने, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाठको इलाकामा प्रवेश गरे ।’

    बयानका अनुसार भारतीय सेनाको यो कदमले दुबै पक्षबीच जुन सहमति बनेको थियो, यो त्यसको गम्भीर उल्लंघन हो र यसले इलाकामा तनाव बढाइदिएको छ ।

    चिनियाँ सेनाका प्रवक्ताका अनुसार यसमा दुबै पक्षमा गलत धारणा विकसित हुनेछ र यो गम्भीर सैनिक भडकाउ र घिनलाग्दो कारवाही हो ।

    प्रवक्ता जांगले भने, ‘यस्तो प्रकारको खतरनाक क्रियाकलाप गर्न तत्काल बन्द गर्न हामी भारतीय पक्षसँग माग गर्छौं । जुन सैनिकले एलएसी पार गरेका छन् उनीहरुलाई तुरुन्त फिर्ता बोलाइयोस्, सीमामा तैनाथ सैनिकलाई नियन्त्रणमा राखियोस्, यो विषयलाई गम्भीरताका साथ अनुसन्धान गरियोस् र जसले वार्निङ शट्स फायर गरेका छन् उनीहरुलाई सजाय दिइयोस् र अब उप्रान्त यस्ता घटना नदोहोरिने सुनिश्चित पनि गरियोस् ।’

    चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस