२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

९७९ कोरोना संक्रमित थपिए, थप ११ को मृत्यु

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ २२, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

    यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका उनले बताए।

    पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोना जितेर घर फर्किएका छन्। यो सँगै कोरोना जित्नेको संख्या ३० हजार ६७७ जना पुगेको प्रवक्ता गौतमले बताए। सोमबार ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको र हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको उनले जनाए।

    थप ११ को मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ४ महिला सहित ७ जना पुरुष भएको हो। मृतकमध्ये सबैभन्दा धेरै काठमाडौंका ३ जना महिला छन्।

    काठमाडौंका ३७ वर्षीया, ८३ वर्षीया र ९० वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ वर्षीय र ८७ वर्षीय पुरुष, सर्लाहीका ३७ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार मकवानपुरका ३९ वर्षीय पुरुष, कास्कीकी ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस