२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

काल्पनिक प्रेम कथाः उनीसँगको त्यो ‘प्यार’

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ २२, २०७७

    मनोज थापा

    जाडोको समय मा चलिरहेको मन्द हावाको वेगले शरिर चिस्याईरहेको थियो। तर, मन भने फुरूगं थियो।

    त्यही चलिरहेको हावाको एक मुठीलाई समातेर भनिदिए ए हावा जा मेरी प्रियसीलाई गएर भनिदे म वनका सुनौला सपनाहरू सगालेर म उसकै प्रतिक्षा मा छु।

    लेखक

    तर ती समातिएका बतासहरू हातबाट मुठ्ठीमा राखिएका माखाले ज्यान जोगाउन छट्पटाए झैँ छट्पटाइरहेको थियो। बतासले मसँग भन्दै थियो मलाई नरोक मैले केही सर्जिव प्राणीहरूलाई नयाँ जिवनदान दिनु छ।

    हो, बढीरहेको जाडोले मेरो शरीर चिस्याईरहेको थियो। तर, उनको यादहरूले गर्दा मनमा एक किसिमको छुट्टै तातोपन उत्पन्न हुन्थ्यो।

    उसँग गुजारेका जिन्दगीका सुनौला क्षणहरू उसलाई आफ्नो अगालोमा राख्दा मनमा उत्पन्न चुलवुलपन उसको ओठमाथी मेरो ओठ राख्दा देखिरहेका रंगिन सपनाहरूले मेरो जिवनमा उसको उपस्थिते सार्थकता पाएको भान हुन्थ्यो।

    घरदेखि सयौँ माईल टाढा रहेको उसलाई सामाजिक सञ्जालले केही हदसम्म नजिक पार्दथ्यो। तर, हामी भौतिक रूपमा नजिक थिएनौँ।

    हामीबीचको माया सद्भाव र सामिप़्यता प्रगाढ नै रहिरह्यो।र, जीवन्त रहेनछ।

    करिब २ वर्ष अघीदेघिको यो माया आजको दिनसम्म आईपुग्दा कहिल्यै घटेन। परिवर्तित भइरहने बजारमा शेयर परिसुचक नेप्से जस्तो। स्थिर भइरह्यो।

    हाम्रो माया भने भुतमा भन्दा वर्तमानमा र वर्तमानमा भन्दा भविष्यमा उकालो लागिरह्यो।

    भलैसँगै वसेर चियाको चुस्कीहरू उसँग पिउन नसकिएला। तर, कल्पनाहरूका समुन्द्रमा डुवुल्की मार्न जरूर सकिरहेका छौँ। हरदिन प्रतिक्षारत छु उसको न्यानो साथको जसले जाडोपनलाई कयौन समुँन्द्र पार गराईदिन सक्षम हुनेछौँ। जिन्दगीलाई नयाँ आयाम र उर्जा दिनेछौँ।

    सपनाहरूको आशास्तम्भ वनाईदिनेछ। एक्लिएको बेला र निराश भएको बेला आशा जगाईदिने छ। हरेक सुख र दुःखको सहयात्री वन्नेछ। त्यही आशाहरूलाई वर्तमानमा सोचेर सुखी भई भविष्यत सुन्दर वनाउने परिकल्पना गरिरहेको छौँ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस