भदौ २१, २०७७
विदुर गिरी
चौतारा: सिन्धुपाल्चोकमा उच्च पदस्त व्यक्तिकै सेटिङमा बालुवा तस्करी एवंम् राजस्व छलि हुने गरेको तथ्य बाहिरेको छ । यस्ता कार्यहरुमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संलग्नता रहेकाे पुष्टि भएकाे छ ।
असार देखि भदौ महिनासम्म नदिजन्य पदार्थ उत्खननमा सरकारले रोक लगाए पनि उत्खनन् कार्य भइरहेका छन् । अबैध रुपमा बालुवा ओसारपसारमा संलग्न गाढीलाइ प्रहरीले नियन्त्रणमा लिइ कारबाहिको लागि समन्वय समितिमा बुझाए पनि समन्वय प्रमुख तामाङले फर्जि कागजात खडा गरी निर्दोष साबित गर्दै छाड्ने आदेश दिने गरेका छन् ।
गत साउन १४ गते रातको १ बजे जिल्ला समन्वय समितिको कार्यालयले तोकेको शुल्क नतिरि बालुवा लिएर गुढिरहेको बा ४ ख ५८६४ नम्बरको ट्रिपर सशस्त्र प्रहरी बल बन्देउले नियन्त्रयामा लिइ समन्वय समितिमा बुझाएको थियो ।
बालुवा खरिद बिल र राजस्व तिरेको कुनै पनि बिल साथमा नभएकोले नियन्त्रणमा लिएको प्रहरीले प्रतिबेदनमा उल्लेख गरिएको छ । तर, १४ गते नियन्त्रणमा लिएको ट्रिपरलाई १६ गते काटिएको बिलको आधारमा समन्वय प्रमुख तामाङले छाड्ने आदेश दिएपछि बिना जरिवाना ट्रिपरलाइ छाडिएको पाइएको छ । १४ गते प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रिपर चालकले काली/साँगा निर्माण ÷जे भि को १६ गते काटिएको ३९७ नम्बरको राजस्व बिल र सिन्धु स्टोन एण्ड कन्ट्रक्सन कम्पनि प्रा.लि को १४ गते काटिएको १७८ नम्बरको बालुवा खरिद बिल पेस गरेका थिए ।
जिल्ला समन्वय समितिको भाद्र १७ गतेको बैठकले सार्वजनिक गरेको क्रसरहरुले बुझाएको मौजात विवरणमा सिन्धु स्टोन कन्ट्रक्सनले आफुसंग बालुवा मौजात नरहेको उल्लेख गरेको छ । उक्त क्रसरले आफुसंग नभएको सामानको बिल कसरी बनायो ? १४ गते नियन्त्रणमा लिएको ट्रिपरलाई १६ गतेको बिलको आधारमा कसरी छाड्न मिल्लो ? यिनै प्रमाणले प्रष्ट भन्छ जिल्ला समन्वय प्रमुख बालुवा तस्करीमा मात्र हैन राजस्व छलिमा समेत सम्लग्न छन् ।
प्रदेश सरकारबाट स्वीकृत नदिजन्य पदार्थ उत्खनन् कार्यबिधि २०७५ अनुसार असार , साउन र भदौ महिनामा दिनको समय (बिहान ६ साँझ ६ बजे भित्र) नदिजन्य पदार्थ उत्खनन्मा स्काभेटरको प्रयोग भएमा १ लाख रातको समय (साँझ ६ देखि विहान ६ बजेसम्म) मा प्रयोग भएको पाइएमा २ लाख जरिवाना गरिने उल्लेख छ ।
अबैध रुपमा निकासी गरिएको नदिजन्य पदार्थ बोकेको पाइएमा ट्रिपरलाइ ३० हजार, मिनि ट्रिपरलाइ २० हजार र ट्रयाक्टरलाई १५ हजार जरिवाना तिराइने उल्लेख छ । साथै रातको समयमा वसार÷पसारमा संलग्न भएको पाइएमा त्यसकाे दोब्बर जरिवाना लाग्ने छ । सरकारले तोकेको निति अनुसार ६० हजार जरिवाना तिर्नुपर्ने ट्रिपरलाइ समन्वय प्रमुखले निर्दोष साबित गर्दै छाडिदिएका छन् ।
टिपर समातिएको भन्दा पछि काटीएको बिलको आधारमा टिपरलाइ कसरी छाडियो भन्ने प्रस्नमा यसबारेमा आफु अनविज्ञ रहेको समन्वय प्रमुख तामाङले बताए । यित प्रतिनिधि घटना मात्र हुन् । प्रमुख तामाङले आफ्ना बिभिन्न स्रोत मार्फत बालुवा तस्करसंग मोटो रकम लिने गरेको समाचार स्रोतको दाबी छ ।
समन्वय प्रमुख मात्र हैन दलका प्रभावशाली नेताहरुकै संरक्षणमा जिल्लामा तस्करी मौलाउँदो छ । दलका नेताहरुले बालुवा तस्करीमा संलग्नहरुलाई कारबाहि नगर्न प्रहरी र प्रशासनलाई समेत दबाव दिनेगरेको समाचार स्रोतको दाबी छ ।
अबैधरुपमा नदिजन्य पदार्थ उत्खनन् रोक्न समन्वय समितिले उप प्रमुख बालक कुमारी सापकोटाको संयोजकत्वमा अनुगमन समिति समेत बनाएको छ । सापकोटाको संयोजकत्वमा हप्तैपिच्छे नदि अनुगमन भइहेता पनि बालुवा तस्करीमा कमि आएको छैन । उपप्रमुख सापकोटाको नेतृत्वको अनुगमन टोलीमा हालसम्म पत्रकार महासंघको आधिकारीक प्रतिनिधि समेत सहभागी गराएको छैन ।
प्रतिक्रिया दिनुहोस