२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

हेलम्बुबाट हेलिकप्टरमार्फत् शिशुलाई उपचारका लागि काठमाडौं पठाइयो

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ४ साल अघि
  • भदौ २१, २०७७
    चौताराः हेलम्बु गाउँपालिकाको पहलमा एक शिशुको हेलिकप्टरमार्फत् उद्धार गरेको छ। आइतबार जन्मिएकी शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको हो।

    हेलम्बु ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलाको शिशुको फोक्सोले काम नगरेपछि थप उपचारका लागि कैलाश एयर को हेलीकप्टरमार्फत कान्ति बाल अस्पताल काठमाडौ पठाइएको पालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए।

    गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टर मार्फत बच्चालाई काठमाडौँ पठाएको उनले बताए। गाउँपालिका १ कि फुर्बा डोल्मा तामाङको बच्चाले सास फेर्न स्वास आफै फेर्न नसके पछि बालिकाको ज्यान बचाउन तत्काल हेलिकप्टरको व्यवस्था मिलाई उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस