२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ २०, २०७७
    चौताराः नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९ सय ८० पुगेको हो।

    शनिबारको कोरोनाबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। शनिबार मृत्यु हुनेमा मृतकमा ३ महिला र ६ पुरुष रहेको उनले बताए।

    मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ। यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस