भदौ २०, २०७७
चौताराः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देशभर फैलिरहेको अवस्थामा सिन्धुपाल्चोक पनि संक्रमणको उच्च जोखिममा छ । उच्च जोखिममा रहेकाले सिन्धुपाल्चोकमा कोराना नफैलियोस् भन्नका लागि भदौ १ गतेदेखि जिल्ला लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उनले बताए। सिन्धुपाल्चोकमा हालसम्म ४ जनाको मृत्यु भएको छ भने १ सय जना संक्रमित भएकामा ८४ जना निको भएर घर फर्किसके जनाए।
‘अहिले हामीले लकडाउन गरेका छौँ। त्यसैले सक्रमण नफैलिएको स्थिति छ । लकडाउन नभएको भए स्थिति भयावह भैसक्ने थियो’ उनले भने, ‘बजारहरुलाइ व्यवस्थित गर्ने अति आवश्यक पसलहरुमा निश्चित समयमा खोल्ने केहि निमार्णका कामहरुलाइ अगाडि बढाउने अनावश्यक कामहरुलाइ बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ।’
स्थानीय सरकारसँग सन्तुष्ट
स्थानीय सरकारको कामसँग सन्तुष्ट रहेको उनले बताए। ‘स्थानिय तहहरुले आफ्नो काम गरिरहनु भएको छ। सघिंयता भर्खरै सुरु भएको अवस्थामा सुरुवाति चरण भएकाले गर्दै र सिक्दै हुनुहुन्छ’ उनले भने, ‘स्रोत साधनले भ्याए सम्म उहाँहरुले काम गरिरहनु भएको छ । समन्वय पनि राम्रो छ।’
‘सबै स्थानीय सरकारहरूले कोरोना नियन्यत्रणमा खेलेको भूमिका उनले प्रष्टाए। भौतीक स्रोत साधनले गर्दा पनि सबैको काम समान छैनन् तर पनि हामी सबैले उच्च गतिका साथ काम गरुन् भन्ने चाहानामा छौं’ उनले भने।
प्रतिक्रिया दिनुहोस