२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाढीपहिरो पीडितले घर बनाउन भुकम्पपीडित सरह पैसा पाउने

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ २०, २०७७
    चौताराः बाढी पहिरोबाट घर पूर्ण रुपमा क्षति भएकाहरुले भूकम्पपीडित सरह घर बनाउन पैसा पाउने भएको छन्। गृह मन्त्रालय विपद, पूर्वतयारी तथा प्रतिकार्य शाखाको बैठकले २०७२ सालका भूकम्पपीडित सरह सेवा दिने निर्णय गरेको हो।

    यही निर्णयअनुसार बाढी पहिरो पीडितले घर निर्माणका लागि तीन लाख, जग्गा समेत नभएकाको हकमा थप दुई लाख रुपैयाँ पाउछन्। वेपत्ता भएकाको परिवारलाई मृतक परिवारलाई दिए अनुसारको राहत उपलब्ध गराइने भएको छ ।

    सरकारले परिवारलाई २ लाख र एक भन्दा बढीको मृत्यु भएका प्रतिव्यक्ति थप १ लाख दिने गरेको छ। सिन्धुपाल्चोकमा यसबर्ष बाढीपहिरोबाट सयौँ परिवार विस्थापित भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस