२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ १९, २०७७
    चौताराः अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

    खतिवडाको यही २० गते कार्यकाल सकिँदैछ। राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो।

    तर, संवैधानिक व्यवस्थाअनुसार संसद् सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बनेका थिए। सरकारबाट बाहिरिए पनि खतिवडालाई प्रधानमन्त्रीको अर्थ सल्लाहकारमा नियुक्ति गर्ने चर्चा चलिरहेको छ। खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासमा पात्र हुन्।

    ओलीले उनलाई पुनः ल्याउन चाहेका थिए। तर, राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष वामदेव गौतमले फागुन १४ को सचिवालयको निर्णयअनुसार जाने चाहना गरेपछि ओलीको चाहाना पूरा हुन सकेन। खतिवडा साढे दुई बर्ष आफ्नो कार्यकाल सम्हालेर बाहिरिएक हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस