२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एकैदिन १३ सय ५९ कोरोना संक्रमित थपिए, थप १४ को मृत्यु

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ १९, २०७७

    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् ।

    यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् ।  थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस