२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भारतको कदमप्रति चीनको आपत्ति! भन्यो: गल्ती सच्याउनू

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ १९, २०७७
    बेइजिङः भारत सरकारले चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएको छ । साथै गल्‍ती सच्याउन आग्रह पनि गरेको छ ।

    चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भारतको प्रतिबन्धको आफूहरुले कडा रुपमा विरोध गरेको जनाएको छ । भारतको कदमले चिनियाँ लगानीकर्ता र सेवा प्रदायकहरुको कानुनी चासोलाई उल्लंघन गरेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको हो ।
    मन्त्रालयका प्रवक्ता गाओ फेङले बिहीबार प्रेस ब्रिफिङको क्रममा यस्तो बताएका थिए ।

    भारतले हिजो बुधबार मात्रै पबजी सहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । टेन्सेन्ट होल्डिङ्स लिमिटेडको चर्चित भिडियो गेम पबजीका भारतमा ५ करोड भन्दा धेरै सक्रिय उपभोक्ता भएको बताइन्छ ।

    भारतले यसअघि पनि टिकटक सहित ५० भन्दा धेरै चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । गत साता मात्रै चिनियाँ व्यापारिक प्रभुत्वविरुद्ध भन्दै भारत अष्ट्रलिया र जापानसँग नयाँ गठबन्धनमा सामेल भएको छ । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस