२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रधानमन्त्रीलाई मुस्कानको प्रश्‍न : मलाई एसिड छ्याप्‍नेलाई किन छाडियो?

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ १७, २०७७
    काठमाडौँः एसिडपीडित किशोरी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । आफूलाई तेजाब छ्याप्ने अभियुक्तहरूलाई प्रहरीले छाडिदिएपछि मुस्कान आहत बनेकी थिइन् । न्यायको आश मरेको थियो ।

    बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर मुस्कानले आफूलाई एसिड प्रहार गर्नेहरुलाई सजाय नै नभएको गुनासो गरेकी थिइन्। ‘कानुन कडा बनाइनु पर्छ भनेर कुरा राखेँ’, एसिड पीडित मुस्कानले भनिन्, ‘बारम्बार यस्ता घटना हुँदा छोरीहरुलाई जोगिनै गारो भएको छ।’

    जवाफमा प्रधानमन्त्री ओलीले एसिड पीडितको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने आश्‍वासन दिएको बताइन्। ‘रोजगारको ग्यारेण्टी र शिक्षाको जिम्मा लिन पनि प्रधानमन्त्रीलाई भनेकी छु,’ खातुनले भनिन, ‘प्रधानमन्त्रीले कडा कानुन ल्याउने र शिक्षाको जिम्मा लिन्छौं भन्‍नु भएको छ।’

    प्रधानमन्त्रीले मुस्कानलाई बोलाएर उनको पीडा बुझेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘अभियुक्तहरूलाई छाडिएकोमा उनको गुनासो थियो । प्रधानमन्त्रीले त्यसबारे बुझ्ने जवाफ दिनुभएको छ’ उनले भने।

    प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने आश्वासन पनि दिएको थापाको भनाइ थियो । त्यस्तै नेपालमा हालसम्म रहेका तेजाबपीडितहरूसँग भेटेर छलफल गर्ने र उनीहरूको सुझावको आधारमा विद्यमान कानुन हेरफेर गर्नेसम्मको आश्वासन दिएको थापाले जानकारी दिए ।

    ‘नेपालमा हालसम्म दुई दर्जनजति त्यस्ता केस रहेछन् । ती घटनाका पीडित सबैसँग छलफल गरेर विद्यमान कानुन हेरफेरको प्रक्रिया बढाउने पनि बताउनुभएको छ’ थापाले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस