खबरज्योति भदौ १६
चौतारा ÷ लिदि पहिरोबाट बिस्थापित हुनेहरुलाई निरन्तर सहयोग मिल्ने क्रम जारी छ । मंगलबार नेकपा सिन्धुपाल्चोकका सचिव एंवम् सभासद दावा तामाङको पहलमा बिभिन्न दाताहरुले नौ लाख नगद र खाद्यन्न सहयोग जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाइ हस्तान्तरण गरेका छन्।
मंगलबार पहिरो बिस्थापितको अस्थायी सिबिर बाँसखर्कमा आयोजित एक कार्यक्रमका विच गैर आवासीय नेपाली संघ (एन.आर.एन) का उपाध्यक्ष सोनाम लामाले ५ लाखको चेक गाउँपालिका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेकाछन् । यस्तै सिन्धु यु.यस.ए वेल फियर शोसाइटी तर्फबाट निमा वाङ्गेल लामाले ३ लाख ८० हजार नगद हस्तान्तरण गरेका छन् ।
शोसाइटिले लिदि पहिरोबाट घाइते भै सिभिल हस्पिटल काठमाडौंमा उपचार गराइ रहेका जुगल–२ का याङ्लामु दोङलाइं पहिलेनै २० हजार सहयोय गरिसकेको छ ।
सुपर हेवा हाइड्रोका निर्देशक श्याम तामाङले १ लाख मुल्यको खाद्यन्न हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्कोधन गर्दै नेकपा सचिव तामाङले विस्थापितहरुको स्थायी आवासको लागी गैर आवासीय नेपाली संघसंग सल्लाह भैरहेको बताए । साथै लिदिबासीको दुःखमा आफु पनि साथमै रहेको बताए ।
जुगल गाउँपालीका अध्यक्ष श्रेष्ठले विस्थापितहरुले छिटै स्थायी आवास पाउने बताए । उपाध्यक्ष सृजना तामाङले आफु विस्थापितहरुको सहयोगार्थ बिभिन्न सहयोगी दाता खोज्ने काममा लागिरहेको बताइन् । साउन ३० गते बिहान गएको पहिरोमा परि ३७ जनाको मृत्यू भैसकेको छ भने अझै २ जना बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस