२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

बाह्रबिसे नगर र नेता बस्नेतबीच टकराब : पिसिआर मेसिन राख्ने प्रतिबद्धता अलपत्र

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ १६, २०७७
    चौताराः कोरोना भाइरसको महामारीसँग जुध्न सरकार नै असफल भइरहेको बेला पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दुई महिनाअघि घोषणा गरेको पिसिआर मेसिन स्थापना गर्ने घोषणा अलपत्र परेको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सिन्धुपाल्चोक र दोलखालाई फाइदापुग्ने गरी कोरोना भाइरसको पिसिआर परीक्षण मेसिन बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्यचौकीमा राख्ने घोषणा गरेका थिए ।

    मेसिन स्थापना गर्न सबै तयारी पूरा भएपनि बाह्रबिसे नगरपालिकाले अवरोध गरेपछि अलपत्र परेको बस्नेतको दाब िछ । तर, पिसिआर स्थापना गर्न आवश्यक मापदण्ड नै पूरा नगरेको देखिन्छ ।

    डेढ महिना अघि प्राविधिक ज्ञान भएका दुई इन्जिनियरसहित बस्नेत स्वास्थ्यचौकी पुगेर पिसिआर मेसिन राख्न आवश्यक जग्गा,भवन र जनशक्तिसम्बन्धी कुराकानी गरेका थिए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष सानु लामा सहित प्राथमिक स्वास्थ्यचौकीका डाक्टर,नर्स र स्थानीयसँग उनले कुराकानी गरेकाथिए । त्यति नै बेला नगर प्रमुख निम्फुञ्जो शेर्पाले फोन गरेर मेसिन नराख्न दबाब दिएको उनले बताए ।

    ‘नगरपालिकाले नै अवरोध सिर्जना गरेपछि मेसिन खरिदका लागि टेण्डर प्रक्रियाबीचमै रोकिएको छ,’आवश्यक पैसा सबै जुटिसकेको बताउँदै बस्नेतले भने, ‘स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेकोले पिसिआर मेसिन स्थापनागर्न आवश्यकप्रक्रिया र विशेषज्ञ टोलीबारे राम्रो ज्ञान मसँग छ ।’

    नगरप्रमुख निम्फुञ्जो शेर्पा यसबारे बोल्न चाहेनन् । स्थानीय सरकारलाई थाहै नदिएर विनाअनुमति पिसिआर मेसिन राख्ने भनेर हल्ला चलाउँदै हिँडेकोले नगरपालिकाले वास्ता नगरेको उपमेयर सुशीला पाख्रिनले बताइन् । ‘जिल्लाको १२ वटै स्थानीय सरकार र जिल्ला जनस्वास्थ्यले पिसिआर मेसिन स्थापनाबारे छलफल गरेको भएपनि ठाउँको अभाव र मापदण्ड पूरा नहुने भएपछि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई धुलिखेलमा पिसिआर राख्न सहयोग गरेका छौं,’उनले भनिन् ।

    धुलिखेल नजिक भएकोले सिन्धुपाल्चोकमा पिसिआर मेसिन आवश्यक नभएको उनले बताइन् । यही विषयलाई लिएर बाह्रबिसे नगर र नेता बस्नेतबीच पटकपटक विवाद हुने गरेको छ । नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस