२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कोरियाली समस्याको समाधान खोज्नुपर्नेमा चीनको जोड

Thumbnail
  • २०७४ आश्विन ८, आईतबार मा प्रकाशित ७ साल अघि
  • एजेन्सी, असोज ८ गते, २०७४

    संयुक्त राष्ट्रसंघ /कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा चीनले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले सो धारणा राख्नुभएको हो ।

    चिनियाँ विदेशमन्त्री यि हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा हुनुहुन्छ । उहाँले मङ्गलबार अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

    सोही भेटकाक्रममा उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा जारी रहेको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ ।

    उहाँहरुबीच आपसी कुराकानी र वार्ताका माध्यमबाट उक्त क्षेत्रमा शान्ति स्थापनाको बारेमा सहमति भएको बताइएको छ ।

    सो भेटकाक्रममा अमेरिकी उपराष्ट्रपति पिन्सले आगामी दिनमा अमेरिका र चीनले आपसी हित र कोरियाली समस्या समाधानमा आवश्यक वार्ताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

    त्यस वार्ताका क्रममा उहाँहरुबीच केही समयपछि हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।

    त्यसैगरी सो भेटवार्ताका क्रममा आपसी हित र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

    पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीचको सम्बन्ध राम्रो रहेको छ । उहाँहरुले गएका दुई हप्तायतामात्र पनि दुई पटकसम्म फोन वार्ता गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस